व्यवसायी मात्र होइन सर्वसाधारणको जग्गासमेत विक्री हुन छोड्यो, २ वर्ष अघिकै मूल्यमा दिंदा पनि लिने मान्छे छैनन्

व्यवसायी मात्र होइन सर्वसाधारणको जग्गासमेत विक्री हुन छोड्यो, २ वर्ष अघिकै मूल्यमा दिंदा पनि लिने मान्छे छैनन्

काठमाडौं। बुटवल-भैरहवा सडकको ठुटीपिपल चोक आसपासमा बागलुङका एक जना शिक्षकले जग्गा बेच्न खोजेको २ महीनाभन्दा धेरै भयो । अहिले आर्थिक चाप परेकोले चलेको मूल्यभन्दा केही घटाएर दिदा त सजिलै जग्गा विक्री हुने उनको अपेक्षा थियो। गत मंसिरमै आफ्नो घडेरी बेच्न लाखौ सदस्य भएका सामाजिक सञ्जालका ग्रुपहरुमा घडेरी विक्रीमा भन्दै उनले विज्ञापन पोस्ट गर्छन् ।

करीब ५५ हजार सदस्य रहेको घरजग्गा सम्बन्धि फेसबुक ग्रुप ‘घरघडेरी बुटवल’ मा उनले शुरुमा २४ हात मोहडा, ४० हात पीछड भएको १२ धुर घडेरी विक्रीमा भन्दै जग्गाको भिडियो बनाएर पोस्ट गर्छन् ।

उनको जग्गा बुटवल-भैरहवा सडकखण्डको ठुटिपिपल चोकबाट एक किलोमिटर मात्रै भित्र छ । चारै तिर घर बनिसकेका छन् । बाढी पहिरोको जोखिम नभएको र भैरहवा बजार ५/६ किलोमिटर मात्रै टाढा रहेकोले उनको घडेरी सजिलै विक्री हुनुपर्ने हो । तर १०/१५ जनाले कमेन्ट गरेर मूल्य सोधेपनि फिल्डमा जग्गा हेर्न कोही गएनन् ।

Europass CV in Nepal

१५ दिनपछि उनले त्यहि जग्गा बेच्न दोस्रोपटक विज्ञापन पोस्ट गर्छन् । त्यसमा भने उनले प्रतिधुर २ लाख ६५ हजार रुपैयाँ मूल्य नै खुलाइ दिन्छन् । मूल्य खुलाएको पोस्टमा भने कसैले पनि कमेन्ट गर्दैनन् ।

त्यसको १० दिनपछि उनले अर्को पोस्ट गर्छन् । ‘२ वर्षअघिनै प्रतिधुरा ३ लाख रुपैयाँमा घडेरी किनबेच भइसकेको उक्त ठाउँमा अहिले प्रतिधुर २ लाख ३३ हजार रुपैयाँमै विक्री गर्छु भन्दा पनि किन्ने मान्छे कोही आउँदैनन् । यो ग्रुपमा के सबै जना जग्गा दलाल मात्रै छन् त ?’

उनको त्यो पोस्टमा भने एक छिनमै कमेन्टको वर्षा हुन्छ । तर उक्त पोस्टमा पनि त्यो जग्गा त्यो मूल्यमा म किन्छु भन्ने मान्छे थिएनन् । मेरो पनि त्यस्तै समस्या छ किन्ने मान्छे नै भेटिदैन भन्दै समस्या सुनाउनेहरु नै धेरै आउँछन् ।

केही व्यक्तिले भने घरजग्गाको मूल्य अचाक्ली भइसकेको, यसको सिजन गएको, पैसाको महत्व बढेको, घरघडेरी जोड्नलाई धेरै ठूलो रकम लगानी गरेर जिन्दगीभर तनाव बोक्नु भन्दा सुखी र खुसी जीवनका लागि यो भन्दा अरु नै विकल्प सहि हुने लगायतका सुझाव दिएका छन् ।

उनकै पोस्टमा कमेन्ट गर्ने नरेश ढकालले आफूले किनेको मूल्य भन्दा घटेर बेच्दा मात्रै जग्गा विक्री भएको भन्दै रामलाई पनि त्यसै गर्न सुझाव दिएका छन् । सपना खनाल रेग्मीले पनि २८ लाखको जग्गा २४ लाखमा दिन्छु भन्दा पनि कसैले नकिनेको गुनासो गरेकी छन् ।

तुलसी खनालले भने नेपालको जनसंख्याभन्दा धेरै घडेरी भइसकेकोले अव आधा मूल्यमा दिए मात्रै विक्री हुने उल्लेख गरेका छन् ।

माघमा छोरीको बिहे गर्न ३ महीना अघिदेखिनै जग्गा बेच्न खोजेका धनगढीका राजाराम चौधरीले पनि अहिले सम्म ग्राहक भेटेका छैनन् । जग्गा विक्री नहुँदा साहुबाट ऋण निकालेर छोरीको बिहे गर्ने उनको तयारी छ ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । अहिले नेपालमा पूर्वदेखि पश्चिमसम्मै जग्गा विक्री भएन भनेर गुनासो गर्नेको संख्या दिनदिनै बढ्दै छ । अहिले घरजग्गाको ‘प्यानिक सेल’ मा धेरैले मूल्य घटाएर बेचीरहेका छन् । कतिपयले बैना गरेको एक वर्षसम्म पनि जग्गा किन्न नसक्दा बैना रकम नै गुमाएका छन् ।

सबै समस्यामा

गत महीनासम्म बैंकबाट ऋण लिएका घरजग्गा व्यवसायी मात्रै समस्यामा पर्ने आकलन गरिएको थियो । तर मध्य माघ सम्म पनि घरजग्गा कारोबारमा सुधार नआएपछि अहिले भने सर्वसाधारणहरु पनि समस्यामा पर्न थालेका छन् ।

पेशाले सरकारी जागिरे ती शिक्षकले नाम नखुलाउन आग्रह गर्दै अभियानलाई भने ‘आफू पहाडमा बस्ने भएकाले तराईको जग्गा बेच्न समस्या भयो । अलिकति आर्थिक चाप परेकोले चल्तीको मूल्यभन्दा निकै सस्तो मूल्यमा जग्गा बेच्न खोजेको थिए । अहिले जग्गा नाममा गरिदिनुस ३ महीनापछि पैसा दिन्छु भन्ने केही मान्छे मात्रै आए । समस्या अहिले छ, तीन महीना पछि पैसा दिने भए प्रतिधुर २ लाख ५० हजार रुपैयाँ भनेपछि उनीहरु पनि फर्केनन् ।’

तरलता सहज हुने प्रतिक्षामा घरजग्गा क्षेत्र

माघ भरी पनि घरजग्गा कारोबारमा सुधार नआएमा फागुनदेखि धेरै व्यवसायीहरु टाट पल्टिन सक्ने यस क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । ‘अहिले त तरलता तत्काल सहज नहुने हो भने घरयासी आवश्यक्ता पूर्तिका लागि जग्गा बेच्न खोज्ने सर्वसाधारणको जग्गा पनि विक्री नहुने सम्भावना बढ्यो ।’ ती शिक्षकले भने, ‘किन्ने मन भएका मान्छेसँग पैसा छैन । जग्गा व्यवसायीहरु पहिलेदेखि नै ऋणको ब्याजले थिच्ची सकेका छन् ।’ अव बैंकिङ क्षेत्रमा तरलता अभाव नहटेसम्म घरजग्गा कारोबार सँगै मूल्य पनि निकै घट्न सक्ने यस क्षेत्रका जानकारहरुले बताएका छन् । आर्थिक अभियानबाट 

Europass CV in Nepal