श्रीलंकामा सकियो इन्धन, सञ्चित इन्धन एक दिनका लागि पनि नपुग्ने

श्रीलंकामा सकियो इन्धन, सञ्चित इन्धन एक दिनका लागि पनि नपुग्ने

कोलम्बो । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको जनाएका छन् । देशमा सञ्चित रहेको इन्धन एक दिनका लागि पनि नपुग्ने उनले आइतबार जनाएका हुन् ।

मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डारण करिब ४ हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका हुन् । ‘पेट्रोल र डिजेल जुलाई २२ वा २३ मा मात्र आइपुग्ने अनुमान गरिएको छ,’ कोलम्बोमा आइतबार पत्रकारसँग उलने भने । नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको भए पनि जुलाई २२ अघि नयाँ आपूर्तिका लागि आश्वासन नपाएको उनको भनाइ छ । श्रीलंकाले पेट्रोल र डिजेल बचत गर्न गत साता अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साताका लागि रोक्ने निर्णय गरेको थियो ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएपछि विदेशी मुद्राको अभाव भएपछि इन्धन निर्यातमा समस्या भएको हो । जसका कारण सार्वजनिक यातायातहरू लगभग ठप्प छन् । अधिकांश पेट्रोल पम्पमा पेट्रोल र डिजेलका लागि सर्वसाधारणहरू घण्टौं लाममा बस्न बाध्य छन् ।

Europass CV in Nepal

सोमबार बैंक तथा कार्यालयहरू खुलेपछि स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्प आइतबारदेखि नै बन्द गरिएका छन् । निराश सर्वसाधारणहरू फाट्टफुट्ट चलेका गाडीमा लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्ने प्रयास गरेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल छन् । इन्धनको उच्च मागसँगै पेट्रोल पम्पमा लामबद्ध मानिसहरूबीच बेलाबखत विवाद र झगडा हुने गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

देशको दुई तिहाइ जनतालाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा सञ्चालित बसले इन्धन अभावका कारण आइतबारदेखि सेवा सीमित पारेका छन् । ‘हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेका कुल २० हजार बसमध्ये करिब एक हजार बस मात्र सञ्चालन गरिरहेका छौं । अवस्था अझै बिग्रने पक्का छ,’ निजी बस सञ्चालक संगठनका अध्यक्ष गेमुनु विजेराट्नेले भने । आर्थिक संकट गहिरिएपछि श्रीलंकामा अत्यावश्यक सामग्रीको आयात हुन सकेको छैन ।

 

Europass CV in Nepal