दैनिक एकमुठी काजु खानुस्, तपाइलाई हुन्छ नसोचेको फाइदा

दैनिक एकमुठी काजु खानुस्, तपाइलाई हुन्छ नसोचेको फाइदा

महँगो ड्राइ फ्रुट हो काजु । निम्न आर्थिक अवस्था भएका व्यक्तिले नियमित काजु खान सक्दैनन् । महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् । ड्राइ फ्रुटको राजा मानिने काजु सबै उमेर समूहको मानव जीवनलाई फाइदा पु¥याउने खाद्य हो ।

थोरै खादा पनि धेरै फाइदा पुर्‍याउने काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले शरीरमा ऊर्जा थपिन गई फूर्ती आउँछ ।

१. काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ । २. यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ । ३. यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ ।

Europass CV in Nepal

४. काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन ।५.त्यसबाहेक, यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ । ६. काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ , जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

७. काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।

८. काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ । ९. काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ । १० काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ । ११. काजुको तेलले दुवीको सेतो दाग कम गर्छ । १२. काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।

काजुमा कुन तत्व कति पाइन्छ ?
युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार एक वन्स अर्थात् २८.३५ ग्राम काँचो काजुमा १५७ क्यालोरी पाइन्छ र ८.५६ ग्राम कार्बोहाइडेट, १.६८ ग्राम सुगर, ०.९ ग्राम फाइबर, ५.१७ ग्राम प्रोटिन, १२.४३ ग्राम चिल्लो पदार्थ, १० मिलिग्राम क्याल्सियम, १.८९ एमजी आइरन, ८३ एमजी म्याग्निसियम, १६८ एमजी फस्फोरस, १८७ एमजी पोटसियम, ३ एमजी सोडियम, १.६४ एमजी जिन्क पाइन्छ । एक वन्स अर्थात् २८ ग्राममा लगभग १८ दाना काजु रहन्छ । साथै काजुमा भिटामिन सी र भिटामिन बी पनि पाइन्छ ।

Europass CV in Nepal