चिसापानी खानेपानी आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रम माडी २ लोसेवाङमा सम्पन्न

चिसापानी खानेपानी आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रम माडी २ लोसेवाङमा सम्पन्न

२३ चैत्र, राेल्पा । चिसापानी खानेपानी आयोजना लोसेवाङ रोल्पाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम माडी २ लोसेवाङमा सम्पन्न भएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष खलु खड्काको अध्यक्षता एवम माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष ललित घर्तिमगर, माओवादी केन्द्रका माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर मित्रमनि, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य प्रेम घर्तिमगर, नेपाली कंग्रेस रोल्पा निर्वाचन क्षेत्र २ का सभापति गोपाल घर्तिमगरलगाएतको उपस्थित रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ रोल्पाका महासचिव कमल घर्तिमगर, नेपाल रेडक्रस सोसाइटी घर्तिगाउँ उपशाखा सभापति मान बहादुर घर्तिमगर, सचिव पशुपति घर्तिमगरलगाएत कार्यसमिति सदस्यहरु, घर्तिगाउँ बजार व्यवस्थापन समितिका कोषाध्यक्ष मधुसुधन बुढामगर, जिल्ला परियोजना अधिकृत कमला राइको उपस्थित रहेको थियो ।

Europass CV in Nepal

नेपाल रेडक्रस सोसाइटी एकीकृत सामुदायिक उत्थानशील परियोजना रोल्पाले निर्माण गरेको चिसापानी खानेपानी आयोजनाले लोसेवाङमा ५४ घरधुरीलाइ एकघर एक धारा निर्माण भएको हो । परियोजनाको कुल २२ लाख लाख ८ हजार ७९८ र स्थानीयको ६ लाख ३० हजार ३ सय ५६ गरी कुल २८ लाख ३९ हजार १ सय ४५ मा निर्माण भएको आयोजनाबाट २८४ जनसंख्या लाभान्वित हुने परियोजनाले जनाएको छ ।

कार्यक्रम शुरुमै स्थानीय आमा समुहबाट झाकीले अतिथिहरुलाइ स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकाको पहलमा एक घर एक धारा निर्माण भएको र स्थानीय सरकारका विभिन्न उपलब्धि मध्य यस्ता थुप्रै उपलब्धि जनतालाइ महसुस भएको बताउनुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन उपभोक्ता दिपेन्द्र वाँठाले दिनुभएको थियाे ।

उपभोक्ता विर बहादुर घर्तिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन परियोजनाका कर्मचारी हरिसरा घर्तिमगरले गर्नुभएको माडी गाउँपालिका प्रेस सल्लाहकार बुद्धिमान ओलीले जानकारी दिनुभयो ।

Europass CV in Nepal