माडी-५ भावाङका सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

माडी-५ भावाङका सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

राेल्पा । नेकपा माओवादी केन्द्र माडी गाउँपालिका-५ भावाङले जनयुद्घका सहिद परिवारलाई अभिनन्दन तथा सहिद सप्ताह कार्यक्रम सम्मान गरेकाे छ ।

नेकपा माओवादी केन्द्र माडी ५ का वडा अध्यक्ष नन्द बहादुर बाँठाको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गंगादेव गाउँपलिकाका निवर्तमान अध्यक्ष बिर बहादुर खत्रीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका ५ नम्बर वडा इन्चार्ज तेजेन्द्र बुढामगर, नेकपा माओवादी केन्द्र माडी १ का अध्यक्ष बलसिङ घर्तिमगरलगाएतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा साविक भावाङ गाविसका २३ सहिदका परिवारलाइ सम्मान गरिएको थियो ।

Europass CV in Nepal

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद पुनले सहिद परिवारको गुनासोलाइ स्वभाविक रुपमा लिदै गुनसो अनुरुप अगाडी बढ्नुपर्ने भानाइ राख्नुभएको थियो त्यस्तै विशिष्ट अतिथि खत्रीले आपसमा टुटफुटको राजनीतिबाट अगाडी उठ्नु नै सहिदको सम्मान भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका दिल कुमारी बुढको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सविना घर्तिमगरले गर्नुभएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माडी आवाज घर्तिगाउँबाट समेत भएको थियो ।

Europass CV in Nepal