मौलावाङ माडीखोला माेटरेवल वेलिवृज उद्घाटन

मौलावाङ माडीखोला माेटरेवल वेलिवृज उद्घाटन

२४ चैत्र, राेल्पा । रोल्पाको माडी गाउँपालिका ५ नम्बर वडा कार्यालय भावाङ जोड्ने मौलावाङ वेलिवृज आज एक कार्यक्रमका विच औपचारिक उद्घाटन गरिएको छ ।

माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माडी गाउँपालिका उपाध्यक्ष धनिकला घर्ति बुढामगर, ६ वटै वडाका वडाअध्यक्षहरु, नेकपा माओवादी केन्द्रका माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तिमगर, एकीकृत समाजवादी रोल्पा जिल्ला सल्लाहकार समिति संयोजक इन्द्र बहादुर घर्तिमगरलगाएत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।

रोल्पा नगरपालिकाकाे माडीचौरमा रहेको उक्त पुल करिव ६ महिना पहिलेदेखि माडी गाउँपालिकाको आफ्नो बजेट र संघीय सांसद तथा पुर्व मन्त्री बर्षमान पुनको पहलमा स्थानान्तरण गरिएको हो ।

उक्त पुल निर्माणपछि औपचारिक रुपमा गाउँपालिकासँग ५ नम्बर वडा भावाङ मोटरेवल पुलसँग जोडिएको छ । पुल निर्माणले स्थानीय हर्षित हुँदै झाकी प्रदर्शन गर्दै रमाइलो समेत गरेका थिए । कार्यक्रममा टेलिफोन बाटै सम्बोधन गर्दै संघीय सांसद तथा पुर्व मन्त्री बर्षमान पुनले निकै लामो समयको सपना साकार भएकोमा भावाङवासी र गाउँपालिकालाई बधाई दिनुभएको थियो ।

माडी गाउँपालिका २ का वडा अध्यक्ष ललित घर्तिमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन माडी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष भरत बहादुर बुढामगरले गर्नुभएको थियो ।

Europass CV in Nepal