भूमि आयोग रोल्पाका सदस्यहरुको सपथ ग्रहन तथा कार्यालय उद्धघाटन कार्यक्रम सम्पन्न

भूमि आयोग रोल्पाका सदस्यहरुको सपथ ग्रहन तथा कार्यालय उद्धघाटन कार्यक्रम सम्पन्न

२५ चैत्र, राेल्पा । नेपाल सरकारको राष्ट्रिय भूमि आयोग रोल्पाकाे कार्यालय उद्घाटन गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय रोल्पामा सदस्यहरुले शपथ ग्रहण गर्नुका साथै कार्यालय उद्घाटन गरिएकाे छ ।

सदस्यहरुलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति रोल्पाका अध्यक्ष क्रिषिराम रोका मगरले शपथ ग्रहण गराका थिए । आयोगका विज्ञ सदस्य मोहन परियार, सदस्य श्रीकुमारी रोका र बिपना घर्तिले शपथ लिएका हुन् ।

सदस्यहरुले शपथ ग्रहण गरेसंगै समितिले पूर्णता पाएको अध्यक्ष रोकाले बताएका छन । अब आयोगले विगतका आयोगहरुले गरेको कामको बारेमा अध्ययन गर्ने, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या पहिचान गर्ने लगायतका कामहरु गर्ने छ ।

यस्तै स्थानीय तहहरुसंग भूमि सम्बन्धि समस्या समाधानका लागि सम्झौता गरेर तथ्यांक संकलनको कामलाई अघि बढाइने रोकाले बताउनु भयो । आयोगका जिल्ला अध्यक्ष क्रिषिराम रोका मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिका मेयर पुर्ण केसि रहनु भएको थियो ।

बिशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा रहनु भएको कार्यक्रममा नेपाली कांग्रेस राेल्पाकी उपसभापति कबिता उपाध्याय, नेकपा माओबादि केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ति, नेकपा एकिकृत समाजबादी पाटी रोल्पाका अध्यक्ष हरि प्रसाद घर्ति मगर, राष्ट्रिय प्रजातन्त्र पाटी रोल्पा नगरपालीका अध्यक्ष तिलचन्द्र आचार्य, राष्ट्रिय जनमोर्चा रोल्पाका केबि थापा नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Europass CV in Nepal

राष्ट्रिय भूमि आयोग जिल्ला समिति रोल्पाको कार्यालय जिल्ला समनवय समिती रोल्पामा स्थापना गरिएको छ । कार्यालयको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

मालपोत कार्यालय रोल्पाका प्रमुख दिल्लीराज न्यौपानेका स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको संचालन नापी कार्यालय रोल्पाका कर्मचारी शिबराज पोख्रेलले गर्नुभएको भूमि आयोगका जिल्ला अध्यक्ष क्रिषिराम रोका मगरले जानकारी दिनुभयो ।

Europass CV in Nepal