रोल्पाको माडी गाउँपालिकाद्वारा निवर्तमान जनप्रतिनिधिलाई बिदाई

रोल्पाको माडी गाउँपालिकाद्वारा निवर्तमान जनप्रतिनिधिलाई बिदाई

७ जेष्ठ, राेल्पा । रोल्पाको माडी गाउँपालिकाले स्थानीय तहका पहिलो जनप्रतिनिधिहरूलाई बिदाई गरेको छ ।

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षता एवम् निवर्तमान अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका ३४ जना निवर्तमान जनप्रतिनिधिलाइ बिदाइ एवम् सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न दलका प्रमुख तथा प्रतिनिधिले बिदाइ मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै निवर्तमान गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले नयाँ व्यवस्था भएकाले केही समय अलमल भएपनि धेरै जग बसालेकाले इट्टा थप्ने काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै माडी ५ भावाङका निवर्तमान वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र माडी गाउँपालिका कार्यवाहक अध्यक्ष भरत बहादुर बुढामगरले जनताको अभिमतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नेमा ढुक्क भएको बताउनुभएको थियो । ५ वर्षे कार्यकाल गएको बैशाख ३० गतेको निर्वाचनसंगै सकिएपछि निवर्तमान जनप्रतिनिधिलाइ बिदाइ तथा सम्मान गरिएको हो ।

Europass CV in Nepal

Europass CV in Nepal