जितको खुसी साट्न मतदाताको घर-घरमा पुग्दै अमरसिंह घर्ती

जितको खुसी साट्न मतदाताको घर-घरमा पुग्दै अमरसिंह घर्ती

९ जेष्ठ, राेल्पा । स्थानीय तह निर्वाचनमा विजयी भएपछि राेल्पाकाे माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले आज पनि माडी गाउँपालिका ५ भावाङमा घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । जित्ने बित्तिकै नै मतदाताको घर-घरमा पुगेर अध्यक्ष घर्तिले मतदातालाई आभार व्यक्त गरे ।

माडी गाउँपालिका अध्यक्ष पदमा अत्याधिक मतले विजयी गराएको भन्दै घर्तीले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद व्यक्त गरे ।

मतदातासँग प्रत्यक्ष भेटमा उनले चुनावको बेला आफुले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । समग्र माडी गाउँपालिका विकासको निम्ति निरन्तर कृयाशिल रहने वाचा गर्दै घर्तीले जनतको सुखदुःखमा सधै साथमा रहने बताए।

Europass CV in Nepal

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकाे साझा उम्मेदवार घर्तीले नेपाली काङ्ग्रेस र नेकपा एमालेका साझा उम्मेदवार विजयी कुमार घर्तीमगरलाई ४५९ मत अन्तरले पराजित गर्दै माडी गाउँपालिकामा विजयी भएका हुन् ।

घरदैलोको क्रममा माडी गाउँपालिका वडा नं. ५ का निवर्तमान अध्यक्ष भरत बहादुर बुढा मगर, निवर्तमान वडा सदस्य सविना घर्तीमगर र नेकपा माओवादी केन्द्र माडी गाउँपालिका सचिव वीर बहादुर घर्तीमगर लगाएतलाई पनि मतदाताले स्वागत गरेका थिए ।

Europass CV in Nepal