सुनछहरी गाउँपालिकाले मगर खाम भाषालाई पनि कामकाजको भाषा बनाउने

सुनछहरी गाउँपालिकाले मगर खाम भाषालाई पनि कामकाजको भाषा बनाउने

९ जेष्ठ, रोल्पा । रोल्पा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले मगर खाम भाषालाई पनि पालिकाभित्र सरकारी कामकाजको भाषा बनाउने प्रतिबद्धता जनाएका छन् ।

आज पदभार ग्रहण गर्दै अध्यक्ष पुनले नेपाली भाषाका साथै स्थानीय मातृभाषा ‘मगर खाम भाषा’लाई पनि पालिकाभित्र सरकारी कामकाजको भाषा बनाउने प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष पुनले एक गाउँ,एक आधुनिक र व्यवसायिक कृषि उत्पादन तथा बजारीकरण मार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउने,छोरीहरूलाई छोरा सरह पैतृक सम्पत्तिमा समान अधिकारको व्यवहारिक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

Europass CV in Nepal

गाउँपालिकामा शान्ति,समृद्धि,सुशासन र सामाजिक सद्भाव सहितको सामाजिक न्याययुक्त,भयरहित गाउँपालिका निर्माणमा लागिपर्ने पनि अध्यक्ष पुनको प्रतिबद्धता छ ।

Europass CV in Nepal