अष्ट्रेलियामा भेटियो १३०६ वटा खुट्टा भएको संसारकै पहिलो अनौठो जीव

अष्ट्रेलियामा भेटियो १३०६ वटा खुट्टा भएको संसारकै पहिलो अनौठो जीव

पृथ्वीमा कैयन् यस्ता अनौठा तथा दुर्लभ जीवहरू छन्,जसका बारेमा आम मानिसलाई थाहै हुँदैन । कतिपय यस्ता जीवहरू त वैज्ञानिकहरूले बल्ल पत्ता लगाउँदै छन् । यस्तै एउटा जीव हालै फेला परेको छ । उक्त जीवको शरीरमा १३ सय ६ वटा खुट्टा छन् । सो जीव जमीनमुनि निकै गहिराइमा बस्दछ ।

अष्ट्रेलियाका जीव वैज्ञानिकहरूले संसारको पहिलो तथा दुर्लभ मिलिपेड्स नामक किरा पत्ता लगाएका छन् । हालसम्म पृथ्वीमा अधिकतम ७५० वटा सम्म खुट्टा भएको जीव फेला परेकोमा यो मिलिपेड्सको शरीरमा १३०६ वटा खुट्टा छन् ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा आजभन्दा ४० करोड वर्षअघि मिलिपेड्सको उत्पत्ति भएको हो । मिलिपेड्सको अर्थ हजार खुट्टा भएको जीव भन्ने हुन्छ । तर हालसम्म यो जीवमा हजारवटा खुट्टा भेट्टाइएको थिएन ।

Europass CV in Nepal

सबैभन्दा धेरै खुट्टा भएको मिलिपेड्स इलाक्मे प्लेनिप्स प्रजातिको थियो, जसको ७५० वटा खुट्टा हुन्छन् । उक्त प्रजातिको कीर्तिमान भंग गर्नेगरी वैज्ञानिकहरूले हालै १३०६ वटा खुट्टा भएको मिलिपेड्स पत्ता लगाएका हुन् । उक्त जीवको वैज्ञानिक नाम इयुमिलिप्स पर्सेफोन हो ।

यो जीव हल्का पहेँलो रङको छ । अनौठो त के भने लामो धागो जस्तै देखिने यो जीवका आँखा छैनन् । यो जीवको शरीरको चौडाइको तुलनामा लम्बाइ १ सय गुणा धेरै छ । यसको टाउको आइसक्रिम कोन जस्तै छ जसमा धेरै एन्टेना रहेका छन् । ती एन्टेनाले नै त्यसलाई अँध्यारोमा हिड्न सहयोग गर्दछन् । यो मिलिपेड्सले ढुसी खाने गर्दछ ।

अष्ट्रेलियाको खनिज उत्खनन गरिरहने क्षेत्रमा वैज्ञानिकहरूले यो जीव फेला पारेका हुन् । त्यसक्रममा २ वटा भाले र दुईवटा पोथी मिलिपेड्स फेला परे । जसमध्ये पोथीको शरीरमा १३०६ वटा खुट्टा छन् भने भालेको शरीरमा ९९८ वटा खुट्टा रहेका छन् ।

वैज्ञानिकहरूले सुक्ष्मदर्शक यन्त्रको सहयोगमा खुट्टाको गणना गरेका थिए । वास्तवमा त्यसरी खुट्टा गन्ती गर्नु सजिलो थिएन किनकि यो जीव बाह्य चिजले छुँदा तत्कालै आफ्नो शरीरलाई गोलो बनाएर बेर्दछ । यो जीवको औसत आयू ५ देखि १० वर्षसम्म हुने बताइएको छ । जमीनभन्दा २ सय फिट तल बस्ने यो जीवलाई सतहमा देख्न मुस्किल हुन्छ ।

 

Europass CV in Nepal