कंगना रनावतले भारत २०१४ मोदी आएपछि मात्र स्वतन्त्र भएको हो भनेपछि हंगामा

कंगना रनावतले भारत २०१४ मोदी आएपछि मात्र स्वतन्त्र भएको हो भनेपछि हंगामा

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत हालै भारतको स्वतन्त्रताबारे दिएको अभिव्यक्तिलाई लिएर विवादतमा तानिएकी छन् । उनीविरुद्ध देशद्रोही र भड्काउवाजी बयान दिएको भन्दै भारतीय दण्ड संहिता अन्तर्गत कारबाही गर्न मागसमेत भएको छ । केही अभियन्ता तथा राजनीतिज्ञहरूले प्रहरीकहाँ उजुरी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेषगरी सामाजिक सञ्जालमा उनीविरुद्ध कारबाही गर्नुपर्ने आवाज व्यापक रुपमा उठ्न थालेको छ । आम आदमी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रीती शर्मा मेननले आफूले प्रहरीकहाँ कंगनाविरुद्ध उजुरी दिएको बताएकी छन् । उनले संविधानको धारा ५०४, ५०५ र १२४ ए अन्तर्गत कंगनामाथि कारबाही गर्नुपर्ने भन्दै मुम्बई प्रहरी समक्ष उजुरी दिएको बताएकी छन् ।

यस्तै कंग्रेसका केही नेताहरूलेसमेत कंगनामाथि कारबाहीको माग गर्दै प्रहरीसमक्ष निवेदन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजस्थानका चार सहरमा शुक्रबार उनीविरुद्ध निवेदन परेको बताइएको छ । राजस्थानको कोतवाली र जोधपुरका शास्त्रीनगर प्रहरी थानामा पनि कंगनामाथि कारवाहीको माग राख्दै निवेदन परेको बताइएको छ ।

Europass CV in Nepal

अभिनेत्री कंगनाले भने सन् १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भएको नभएर ‘भिख पाएको’ प्रतिक्रिया दिएकी थिइन् । बरु २०१४ मा मात्रै भारत औपचारिक रुपमा स्वतन्त्र भएको कंगनाको जिकिर थियो ।

१० नोभेम्बरमा अभिनेत्री कंगनाले सार्वजनिक मञ्चबाटै यस्तो प्रतिक्रिया दिएकी थिइन् । तर कंगनाको यस्तो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । कंगनाको उक्त प्रतिक्रियाले संविधानप्रति आस्था राख्नेहरूको आस्थामा चोट पुगेको भन्दै उनको विरोध सुरु भएको हो । कंगनाको बयानले शहीद भगत सिंह , चंद्रशेखर आजाद, महात्मा गांधी जस्ता नेताहरूको अपमान भएको भन्दै उनको विरोध भएको छ ।

अभिनेत्री कंगना पछिल्लो समय सत्तारुढ भारतीय जनता पार्टीसँग निकट रहेर राजनीतिक मुद्दामा टिप्पणी गर्दैआएकी छन् । यस क्रममा उनले भाजपाको प्रशंसा र अन्य राजनीतिक शक्तिको विरोध समेत गर्दैआएकी छन् ।

Europass CV in Nepal